काठमाण्डौ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ ।
निर्वाचन आयोगको आइतबार सम्पन्न बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको हो ।
निर्वाचन आयोगका अनुसार सवैभन्दा बढी मतदाता सात लाख १५ हजार २२३ भएको जिल्ला मोरङ हो भने सबैभन्दा कम छ हजार ४१६ मनाङमा मतदाता छन् ।
मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने यसपटक नयाँ व्यवस्था गरिएको छ । स्थानीय तह निर्वाचनका लागि मतदानस्थल १० हजार ७५६ र मतदान केन्द्र २१ हजार ९५५ कायम गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया