२९ आश्विन २०८१, मंगलबार । October 16, 2024

मुख्य खबर

विवादमा आएसंगै बन्यो खुवालुङ्ग सम्बन्धि वृत्तचित्र (भिडियो सहित)




काठमाण्डौ २० फागुन । किरात राईहरुको मिथकसंग जोडिएको खुवालुङ्ग सम्बन्धि वृत्तचित्र बनेको छ । दिनेश काम्दुङ राई, विश्व थुलुङ्ग राई को परिकल्पना,पाश्र्व, शब्द र संगीत खुक्सङ खम्बू, संगीतको रहेको छ ।
किरातीहरुको आस्था र मिथकसंग जोडिएको पवित्र स्थल पछिल्लो पटक विवादमा ल्याइएपछि यस सम्बन्धि सबै सरोकारवालाहरुलाई जानकारी उदेश्यले भिडियो बनेको अभियन्ता भिषण राईले जानकारी दिए ।
किराती सभ्यता सँग जोडिएको खुवालुङ्ग, साँस्कृतीक, धार्मिक एवम् ऐतिहासिक स्थल मध्ये किराती समुदायको साझा पवित्र क्षेत्र हो । आदिम पुर्खाहरु मुकुबुङ जेठा, हर्कबुङ माईला र रिब्लबुङ कान्छा यी तीन दाजुभाई वनकेरा, बोहोरी रुख काट्दै र बाटो बनाउँदै कोशी नदी पछ्याएर रदाम्भा हालको बराहक्षेत्र मन्दिर आईपुगेको मानिन्छ र त्यहाँबाट पनि याङ्गवा अर्थात दुध कोशी, रुइयुवा अर्थात अरुण नदी र थावा अर्थात तमोर नदी मिसिएको ठाउ हालको त्रिवेणी क्षेत्रमा अवस्थित खुवालुङ्ग पुगी त्यहांबाट उनिहरु छुटिएको किम्बदन्ति पाइन्छ ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार ००:००