१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

नेकपा प्रचण्ड-माधव समूहको निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय



काठमाडौं १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले पार्टीको आधिकारिकता दाबी सहित निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।


राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार निर्वाचन आयोगमा आधिकारिता दाबी गर्ने निर्णयमा उल्लेख छ ।


नेकपामा विभाजन आएसंगै ओली समूह र प्रचण्ड-नेपाल समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दरार यताको विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । निर्वाचन आयोगले दुवै पक्षका दाबी अस्वीकार गर्‍यो ।

आयोगले पार्टी एकतापछि ४४१ केन्द्रीय सदस्य र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दिएको छ ।
प्रचण्ड-नेपाल समूहको त्यहि ४४१ सदस्य मध्ये दुई तिहाइ सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।

प्रकाशित : १९ माघ २०७७, सोमबार ००:००