२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

सन्तोषको “चुरोट सल्काउने सलाई” मा प्रकाश तामाङ्ग र अनु पराजुली (भिडियो सहित)



काठमाण्डौ । लोकप्रिय युवा गायक सन्तोष गिरीको पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” बोलको गीत हालै मात्र सार्बजनिक भएको छ । उनि यतिबेल प्रबासमा रहेका छन् । प्रबासमा रहंदा पनि उकुस-मुकुस भएको मनलाई फुरुंग बनाउनका लागि बेलाबखत बिभिन्न गीत संगित पस्किने गर्दछन् ।

आफ्नो मन फुरुंग बनाउने मात्र होइन यहि सोचले नेपाली मौलिक गीत संगितको जगेर्ना भएको तथ्य पनि कसैले लुकाउन सक्दैन । उनैै सन्तोषको पछिल्लो समयमाा बजरमा आएको यस गितमा गिताा देबि  र सन्तोष गिरीको को नै सुमधुुुर स्वर सुन्न सकिन्छ । गितलाई लय महेश नेपालले तयार परेका हुन भने शब्द कृष्ण दाहालले भरेका छन् ।

माया प्रेमका प्रसङ्ग भित्र तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग र अनु पराजुलीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई मिलन फिल्म्स प्रालिले सार्बजनिक गरेको हो ।

चुराेट सल्काउने सलाइ || New Lok Dohori 2077, 2020 || Santosh Giri & Gita Devi ft. Prakash & Anu – YouTube

प्रकाशित : १८ पुस २०७७, शनिबार ००:००