एजेन्सी । यमनको दक्षिणी एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । ५० बडी घाइते भएक छन् ।
गृहयुद्धमा फसेका यमनमा हालै गठन भएको मन्त्रीपरिषद सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको विवरण गराइएको थियो ।
प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू “सकुशल”रहेको बताएका छन्। सूचना मन्त्रीले हुथी विद्रोहीहरूले “कायरतापूर्ण आतङ्कवादी कार्य” गरेको आरोप लगाएका छन्। घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरू र अधिकारीहरू रहेको बताइएको छ।
प्रतिक्रिया