१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

गायिका रानी शाक्यको ‘मन्जुरी’ रिलिज (भिडियो)




पछिल्लो समय नेपाली सांगीतिक छेत्रमा निकै सक्रिय रुपमा लागिरहनु भएकी गायिका डा.रानी शाक्यको सुमधुर स्वर रहेको नयाँ गीत   ‘मन्जुरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । संचारकर्मी  तुलसी बस्नेतको शब्द र राज सागरको संगीत रहेको गीतको  भिडियोमा विकास लामिछाने  र समिक्षा  पोखरेलको अभिनय रहेको छ  ।
बुद्ध थापाको  सिनेमाटोग्राफी , बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन्। गीतलाई  गायिका शाक्यको आफनै युट्युब च्यानल र संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो । बिभिन्न डिजिटल प्लेटफर्ममा अनि गायिका रानीका गीतहरु त्यतिकै धेरै सुनिएका छन ।
हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ४० वटा भन्दा बढी गीतहरु आइसकेका छन। आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन । यसअघि ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पार्नु भएकी गायिका शाक्य यही पुस १८  गते  हुने स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको नोमिनेशनमा पर्नु भएको छ । 

(12) MANJURI (मन्जुरी)| RANI SHAKYA | TULSI BASNET | RAJ SAGAR Ft. BIKASH LAMICHHANE & SAMIKSHYA POKHAREL – YouTube

प्रकाशित : १० पुस २०७७, शुक्रबार ००:००