१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

नेकपा स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं ५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी हुनेनहुने निश्चित भइसकेको छैन ।
नेकपा भित्रको गहिरिदो अन्तरविरोधहरु स्थायी बैठक अगावै नेताहरुबीच मिलाउने प्रयत्न भएपनि कुने ठोस सहमती भएको छैन ।
स्थायी कमिटि बैठकको एकदिन अघि ओली खुमलटारदेखि मन्त्री निवाससम्म पुगेर राजनीतिक भेटघाट गरेका थिए । प्रधानमन्त्री ओलीले पुलचोकमा मन्त्रीहरुसंग खुमलटारमा खासै केही नभएको बताएको सञ्चारमाध्यमहरुको आएको थियो ।
नेकपा भित्रको निक्कै लामो रस्साकस्सी अब भने निर्णाक मोडतर्फ मोडिएको देखिन्छ ।
प्रधानमन्त्री ओलीको चाहाना शीर्ष नेताहरुबीच सहमति गरेर मात्र बैठक गर्ने रहेको छ भने अर्का अध्यक्ष प्रचण्ड पार्टीभित्रको सबै विवादहरु स्थायी कमिटी बैठकबाटै निर्णय लिनु पर्ने अडानमा छन् ।

प्रकाशित : ५ पुस २०७७, आइतबार ००:००