१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

चितवनमा सवारी दुर्घटना, दुई जनाको मृत्यु



चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा शुक्रबार बिहान ९ः५५ बजे ना ४ च ५०५० नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । अहिले घाइतेको उद्धार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार ००:००