१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

विप्लव समूहद्वारा मोरङमा गोलीहानी शिक्षकको हत्या



विराटनगर २३ मंसिर । मोरङमा एक शिक्षकलाई गोली हानी हत्या गरिएको छ । मिक्लाजुङमा मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । थप अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगेको छ ।

प्रकाशित : २३ मंसिर २०७७, मंगलबार ००:००