१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

नायिका फागो रियलस्टेट कम्पनीमा एम्बेसडर नियुक्त



धरान । टाइसन रियलस्टेट कम्पनीले नायिका रेखा फागोलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । टाइसन नेपालको पूर्वी क्षेत्रलाई आधार बनाएर काम गर्नेगरि हालै स्थापना भएको रियलस्टेट कम्पनी हो ।
कम्पनीको सुरुवात भएसंगै प्रबद्र्धनका लागि फागोलाई एम्बेसडर नियुक्ती गरिएको हो । एम्बेसडर नियूक्ती भएसंगै उनीले सबै मिलेर रियलस्टेटलाई अगाडी बढाए धेरैलाई रोजगार दिन सकिने बताइन ।
कम्पनीका अध्यक्ष सोनाहाङ्ग राईले नेपालमा रियलस्टेट क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने रियल स्टेट क्षेत्रको विश्वमै विशेष भूकिका रहेको छ । यस क्षेत्रलाई व्यवस्थित गर्न सकिए राज्यलाई राजस्व र सेवाग्राहीलाई सुलभढंगबाट सेवा प्राप्त हुन्छ ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार ००:००