काठमाडौं २१ मंसिर । नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो बस्दै छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
ओली र प्रचण्डले छुटाछुटै प्रस्ताव पेश गर्नेछन् । सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो ।
झण्डै तीन महिना लामो चलेको नेकपा स्थायी कमिटि बैठकले गत भदौ २६ गते पार्टी भित्रको विवाद मिलाएको थियो । तर त्यहि मिलेको भनिएको विवादलाई एजेण्ढा बनाएर आज आज स्थायी कमिटि बैठक वस्न लागेको हो ।
निक्कै रस्साकस्सीका बीच बस्न लागकेको सत्तारुढ दल नेकपाको यो बैठकलाई निक्कै चासोका साथ हेरिएको छ ।
२१ मंसिर २०७७, आइतबार ००:००
0
Shares
प्रतिक्रिया