काठमडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ९८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भएको बताए । उनले अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको जानकारी दिए ।
नेपालमा कुल संक्रमित मध्ये ६३ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।
प्रतिक्रिया