काठमाडौं । द्वन्द कलाकार सुरेश सिंह पुजारीको निधन भएको छ । निर्माता समेत रहेका उनको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको हो । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले पुजारीको निधन भएको जानकारी दिए ।
घरमा अचानक बेहोस भएर ढलेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए । ५४ वर्षको उमेरमा निधन भएका उनको आइतवार टेकुस्थित एक गुठीमा अन्तिम दाहसंस्कार गरिएको छ ।
उनले थुप्रै चलचित्रमा द्वन्द कलाकारको भुमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया