२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

ओली–प्रचण्डबीच ४ घण्टा लामो वार्ता, के भयो सहमति ?



काठमाडौं, २९ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल,प्रचण्डबीचको छलफल सकिएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र नेकपाको बिवाद समाधान हुने घोषणा गरेको भोलिपल्ट आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच चारघण्टा लामो बार्ता भएको हो ।

संवादविहन भएका अध्यक्षद्वयबीचको बार्ता ९ दिनपछि आज भएको हो ।

बार्तामा दुवै अध्यक्षले आफूहरुबीचको सहमतिकै आधारमा एकता महाधिवेशनसम्म जाने गरी आवश्यक खाका तयार पार्ने काम भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डले आजएक अर्काप्रति लागेको आशंकाको बिषयमा पनि खुलेर छलफल गर्दै सहमतिको ठोश मुद्दामा केन्द्रित रहेको स्रोतले बताएको छ ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार ००:००