२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

६ हजार २०० सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?



काठमाडौं, २८ साउन । नेपाली बजारमा सुनको मूल्य ह्वाततै घटेको छ । आज बजारमा प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ घटेको जनाएको छ ।

हिजो दिन तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ह्वातै घटेको हो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार ००:००