काठमाडौं, २७ साउन । राजधानीको गोंगबुमा कृष्णबहादुर बोहोराको हत्या आरोपमा प्रहरीले एक महिललाई पक्राउ गरेको छ । प्रहरीले कल्पना मुडभरी पौडेललाई पक्राउ गरेको हो ।
कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर हत्या गरेको कल्पनाले बयान दिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
मंगलवार पत्रकार सम्मेलनमार्फत प्रहरीले कल्पना पौडेल लाई सार्वजनिक गरेको छ । तीन चार वर्ष अघि बोहोरा र पौडेलबीच फेसबुकमार्फत चिनजान भएको बयान दिएको बताएकी छिन् ।
फेसबुकको चिनजानपछि उनीहरु नजिक भएको उनले बयानमा बताएकी छिन् । उनको बयानमा कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन् ।
हत्यापछि काठमाडौंबाट चितवन पुगेकी कल्पना कलाकार रहेको खुलेको हो । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् ।
बोहराको शव २५ साउनमा बिहान काठमाडौं गोंगबुको गणेशथान मन्दिर नजिकै नवज्योती मार्गमा भेटिएको थियो। उनको शरीर सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको थियो।
उनको शवको पहिचान हिजो मात्र भएको थियो।
कल्पनाले बोहराको हत्या आफ्नै कोठामा गरेको पनि बताएकी छन्। हत्यापछि आफन्तको एम्बुलेन्स मगाएर कल्पना र उनकी छोरी चितवन पुगेको प्रहरीले जनाएको छ।
उनीहरू चितनको टाँडीबाट हिजो पक्राउ गरेका थिए। उनीहरूलाई हिजैराति चितवनबाट काठमाडौं ल्याइसकिएको थियो ।
प्रतिक्रिया