२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

गोंगबु हत्या प्रकरण : प्रहरीद्वारा शवको पहिचान, हत्या भएको घर सील



काठमाडौं, २६ साउन । आइतबार विहान प्रहरीले गोंगबुमा हत्या भएका एक पुरुषको पहिचान खुलेको छ । सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको पुष्टि भएको छ ।

मृतकको शव फेला पारेको ५० मिटरको दुरिमा रहेको एक घरमा हत्या भएको तथ्य प्रहरीले फेला पारेपछि उक्त घर समेत सील गरेको छ ।

प्रहरीले शवको पहिचान खुल्न नसकेपछि प्रहरीले मृत व्यक्तिको फोटो सार्वजनिक गर्दै सर्वसाधारणलाई खोजी कार्यमा सहयोग गर्न अपिल समेत गरेको थियो ।

मृतकका मामाले शवको सनाखत गरेसँगै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको प्रहरीले जनाएको छ । घर सील गरेसँगै प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार ००:००