काठमाडौं ३१, असार । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नर्विच सिटीविरुद्द कठिन जित निकालेको छ।
गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले १–० को जित निकालेको हो।पहिलो हाफको इन्जुरी समयमा ओलिभर जिराउडले हेडमार्फत गोल गरेका थिए।
जितसँगै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई चेल्सीले बलियो बनाएको छ। अब चेल्सीले दुई खेल खेल्न बाँकी छ।
लिगमा तेस्रो स्थानमा छ। एक खेल मात्र जिते च्याम्पियन्स लिगमा चेल्सी छनौट हुनेछ।
अर्को टोली लेस्टर सिटी चांैथो स्थानमा र म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छ।
प्रतिक्रिया