काठमाडौं १९, असार । बैंकिङ कसूर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–७ बस्ने ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ पैयुँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकी रहेका छन्।
पक्राउ परेकामध्ये ज्यापुलाई उच्च अदालत पाटनको २०७६ भदौ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ११ लाख ५० हजार रूपैयाँ जरिवाना र तीन दिन कैद तथा बुढाथोकीलाई उच्च अदालत पाटनको २०७६ माघ २४ गतेको फैसलाले १० लाख ५० हजार रूपैयाँ जरिवाना र सात दिन कैद सजाय ठहर भई फरार रहेका थिए।
साथै, उनीहरूले आफ्नो खातामा रकम मौज्जात नभएको भन्ने जान्दाजान्दै रकम भुक्तानीको लागि चेक काटी दिएको र उक्त चेकहरू बैंकबाट भुक्तान हुन नसकी चेक बाउन्स भएको अनुसन्धनाबाट खुल्न आएको थियो।
पक्राउ दुबै जनालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको उक्त व्युरोले जनाएको छ।
प्रतिक्रिया