काठमाडौं १९, असार । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। गएराति भएको खेलमा सिटीले लिभरपुललाई ४–० गोलले पराजित गर्याे।
केभिन डि ब्रुइनले खेलको २५ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए।
त्यसपछि ३५ औं मिनेटमा रहिम स्ट्रलिङ र ४५ औं मिनेटमा फिल फोडेनले गोल गरे।
पहिलो हापमा सिटीले ३–० को अग्रता लियो।
दोश्रो हाफमा लिभरपुलका अक्सलेड चेम्बरलेनले आत्मघाती गोल गर्न पुगे। यससँगै सिटीले लिभरपुलमाथि ४–० को जित निकाल्यो।
घरेलु मैदानमा लिभरपुललाई सिटीले ‘गार्ड अफ अनर’ दिएर खेल खेलेको थियो।
लिभरपुलमाथिको जितसँगै सिटीले ६६ अंकसहित दोस्रो स्थानमा उक्लेको छ।
लेस्टर सिटी ५५ अंकसहित तालिकाको तेश्रो स्थानमा रहेको छ। चेल्सी भने ५४ अंकसहित चौंथो स्थानमा रहेको छ।
तर, ८६ अंकसहित शीर्षस्थानमा रहेको लिभरपुलले भने उपाधी जित्ने निश्चित भइसकेको छ।
प्रतिक्रिया