काठमाडौं १७, असार । स्पेनिस ला लिगाको उपाधी होडमा रहेको बार्सिलोनालाई धक्का पुगेको छ। गएराति भएको एट्लेटिको म्याड्रिडसँग २–२ गोलको बराबरीमा रोकिएसँगै उपाधी होड कमजोर बनेको हो।
खेलमा डिएगो कोस्टाको आत्मघाती गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। तर, त्यसपछि एट्लेटिका सउल निगुएजले बार्सिलोनाविरुद्द दुई गोल पेनाल्टीमा गरे।
बार्सिलोनाकोतर्फबाट मेस्सिीले एक गोल गरे। त्यसपछि खेल २–२ गोलको बराबरीमा सकियो। तर, मेस्सिले गरेको गोल भने उनको खेल जीवनको ७०० औं गोल बन्यो।
गएराति नै भएको अन्य दुई खेलमा सेभियाले लेगानेसलाई ३–० र मार्लाेकाले सेल्टा भिगोलाई ५–१ ले हराए। अब लिगमा पाँच चरणको खेल बाँकी छ।
प्रतिक्रिया