काठमाडौं १६, असार । ६५ लाख ८ हजार रूपैयाँको स्रोत नखुलेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट बाराको जीतपुर घर भएका ४७ वर्षीय रमेश सिंह र काठमाडौं कुलेश्वर बस्ने भारत घर भएका २५ वर्षीय रवि शंकर सिंह रहेका छन्।
अवैध रूपमा नगद कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
प्रहरीले उनीहरूविरुद्द अनुसन्धान थालेको छ।
प्रतिक्रिया