काठमाडौं १५, असार । डानी इङ्सको दुई गोल मद्दतमा गएराति भएको प्रिमियर लिगमा खेलमा साउथ ह्याम्टन विजयी भएको छ। उनले १६ औं र ७० औं मिनेटमा वार्टफोर्डविरुद्ध गोल गरे।
खेलको ७९औं मिनेटमा साउथ ह्याम्पटनका जान जेडनरेकले आत्मघाती गोल गरे। त्यसपछि गोलअन्तर कम पार्ने अवसर वाटफोर्डले पाएको थियो।
तर, खेलेको ८२औं मिनेटमा जेम्स वार्ड प्रोवसले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै साउथ ह्याम्पटनलाई ३–१ को जीत दिलाए।
गएरातिको खेलसँगै ३२ खेलबाट साउथ ह्याम्टनले ४० अङ्क जोडेको छ। अङ्क तालिकाको १३ औं स्थानमा उक्लेको छ।
वार्टफोर्डले भने ३२ खेलबाट २८ अङ्क जोड्दै १६औं स्थानमै यथावत छ।
प्रतिक्रिया