महोत्तरी १४, असार । स्रोत नखुलेको १८ लाख नेपाली रूपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महोत्तरीको मनराशिस्वा नगरपालिका–२ भलुइ चोक नजिकबाट जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय रोहितकुमार साह, २२ वर्षीय सञ्जयकुमार साह र २७ वर्षीय जयकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।
रोहितको साथबाट नौं लाख रूपैयाँ, सञ्जयको साथबाट तीन लाख ५० हजार रूपैयाँ र जयकुमारको साथबाट पाँच लाख ५० हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरी टोलीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज.११प ८१०८ नम्बर र प्रदेश २.०३–००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा स्रोत नुखलेको रकम फेला परेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया