![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/Mu-vs-nurwich-city_-photo.png?resize=579%2C298)
काठमाडौं १४, असार । एफ.ए. कप फुटबलको सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेड प्रवेश गरेको छ।
गएराति भएको खेलमा नरिज सिटीलाई २–१ ले पराजित गर्दै म्यान्चेस्टर ३० औं पटक सेमिफाइनलमा प्रवेश गरेको हो।
म्यान्चेस्टरका लागि ओडन इघालो र ह्यारी मग्वायरले १/१ गोल गरे। नरिचका लागि भने एक मात्र गोल कान्टवेलले गरे।
निर्धारित समयमा दुबै टोलीबाट १/१ गोलको बराबरी भएको थियो। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
त्यसबेला ह्यारीले म्यान्चेस्टरका लागि एक गोल गरे। उनले गरेको गोल नै निर्णायक बन्यो।
रातो कार्ड पाउँदै खेलको ८९ औं मिनेटमा नरिचका क्लोसले मैदानदेखि बाहिरिँदा नरिच १० खेलाडीमा सीमित भएको थियो।
प्रतिक्रिया