काठमाडौं १३, असार । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लेचीलाई ४– पराजित गरेको छ।
गएराति भएको खेलमा लेचीलाई पराजित गरेसँगै युभेन्टसले लाजिओसँगको अंक दूरी सात बनाएको छ।
खेलको दोस्रो हाफमा युभेन्टसले चार गोल ग¥यो। ५३ औँ मिनेटमा पाउलो डिबालाले पहिलो गोल गरे। क्रिस्टियानो रोनाल्डोले ६२ औँ मिनेटमा पाएको पेनाल्टीलमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे।
त्यसपछि गोन्जालो हेगुइनले ८३ औँ तथा माथेज डी लिग्टले ८५ औँ मिनेटमा गोल गर्न सफल भए।
खेलको ३१ औँ मिनेटमा फाबियो लुचिओनी सिँधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए। त्यसपछि लेची १० खेलाडीमा सीमित भयो।
लेचीसँगको जितसँगै शीर्ष स्थानमा रहेको युभेन्टसको २८ खेलबाट ६९ अंक पुगेको छ। जबकी २७ खेल खेलेको लाजिओको ६२ अंक मात्रै छ।
प्रतिक्रिया