मंसिर २३, पोखरा । आयोजक नेपाल, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग २–० पराजित भएको छ ।
सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन चाहन्थ्यो ।
उसका लागि दुबै गोल बालादेवीले गरिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् ।
प्रतिक्रिया