काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् परियोजनाको उदघाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान डिजिटल प्रविधि प्रयोग गरेर सिंहदरबारबाटै नुवाकोटको किसपाङ गाउँपालिकामा रहेको उक्त परियोजनाको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारमा ‘वार रुम’बाट स्वीच थिचेर उदघाटन गरेका थिए भने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नुवाकोटको किस्पाङ गाउँपालिका(५ सिम्लेबाट एकसाथ उदघाटन गरेका थिए ।
प्रतिक्रिया