![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/Bus-accident-sunkoshi1_wAT1G00aML.jpg?resize=720%2C481)
आज विहान सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा खसेको यात्रुवाहक बसमा सवार कम्तीमा १५ जना यात्रुको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले खसेको बसलाई तानेर बाहिर निकालिएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ को बस सुनकोशीमा खसेको डिएसपी माधव काफ्लेले बताए ।बस खस्ने वितिकै तत्कालै उद्धार थालिएको थियो। बस खसेको देखेपछि र्याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए। उनीहरुले बस खसेपछि सुनकोशीले बगाउँदै गरेका केही यात्रुलाई पनि उद्धार गरिएको थियो । नदीमा डुबेको बसलाई टुचिङले तानेपछि किनारमा निकालिएको छ।
अहिलेसम्म ५ जनाको शव झिकिएको छ। करिब ८–९ जना घाइतेको उपचारको लागि धुलिखेल र खाडीचौर अस्पतालमा लगिएको डिएसपी काफ्लेले बताए। बसमा ३५ देखि ४० जना सवार रहेको अनुमाले गर्दा १३ भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। दोलखाबाट आएको बसका मृतकको सनाखत हुन सकेको छैन। शव खोलाबाट निकाल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । बस नदीमा पूरै डुबेको हुनाले सुरुमा उद्धारमा समस्या भएकाले नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, र्याफ्टिङ गर्न गएका युवा र स्थानीयको सक्रियतमा उद्दार भइरहेको छ। मृतकको संख्या अझै बढ्न सक्ने घटनास्थलबाट बलेफी गाउँपालिका–८ का वडाध्यक्ष चरीबहादुर तामाङले टुडिखेललाई जानकारी दिएका छन् ।
प्रतिक्रिया