प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले तिहार र छठपछि मन्त्रिमण्डल विस्तार का लागि आन्तरिक गृहकार्य भैरहेको बताएका छन् । । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले ११ सदस्यीय मन्त्रिमण्डल गठन हुने गरी विस्तार गर्ने तयारी भईरहेको जनाएको छ ।मुुख्यमन्त्री राईले सहमतिको आधारमा प्रदेशको राजधानी टुङ्गो लगाएजस्तै नामाकरण पनि सहमतिको आधारमा निर्णय गरिने बताए । उनले आगामी हिउँदे अधिवेशनवाट नामाकरणको टुङ्गोे लगाउनका लागि छलफलको प्रकिया अगाडि बढाइसकेको प्रष्ट पारेका थिए । मुुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र रोजगारीका लागि लगानी सम्मेलन गर्न लागेको जानकारी दिएका छन् । उनले प्रदेशमा लगानीको वातावरण बन्दै गएकाले आन्तरिक तथा वाह्य लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागेको प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया