![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/pathharii.gif?resize=720%2C431)
मोरङ । मोरङको शान्ति सामुदायिक वन उपभोक्ता समूहको मुख्य पदमा सदस्यमा भने निर्वाचन हुने भएको छ ।
मुख्य पदमा निर्वाचन हुने भएपछी अर्को सहअध्यक्ष र उपाध्यक्ष पद थपेर सहमती भएको को हो । यश अघि एउटा मात्र उपाध्यक्ष रहेको अब सह अध्यक्ष सहित दुई अध्यक्ष र दुई उपाध्यक्ष रहने भएको छ ।
अध्यक्षको लागि कुलबहादुर गुरुङ र प्रकाश थापाले दावी गर्दै आएका थिए । उपाध्यक्षमा हेमभक्त गुरुङ, सजन धिमाल र दानबहादुर बोहोराको दावी थियो । अध्यक्षको दाबेदार प्रकाश थापालाई अगाडि सह थपेर अध्यक्ष बनाइएको छ । उपाध्यक्षमा दाबेदार बोहोरालाई फिर्ता गराएर गुरुङ र धिमाल दुबैलाई उपाध्यक्ष बनाएर सहमति भएको हो ।
मुख्य पदमध्ये अध्यक्षमा कुलबहादुर गुरुङ, सहअध्यक्षमा प्रकाश थापा, उपाध्यक्षमा सजन धिमाल, हेमभक्त गुरुङ, सचिवमा मेनुका राई, सहसचिवमा नवराज मिश्र र कोषाध्यक्षमा कुलमनी गुरुङ चयन भएका छन ।
खुल्ला पाँच सदस्यको लागि १६ पाँच पहिलाको लागि ९ र तीन आदिवासी जनजाती सदस्यको लागि तीन जनाको उम्मेद्बारी परेको छ । दलित सदस्यमा आरती बिक, लेखा संयोजकमा तुलसी बस्नेत चयन भएका छन ।
यता १२ सदस्यमा दलित कोटामा बाहेक खुल्ला, महिला र जनजाती गरि ११ सदस्यको लागि २६ जनाले निर्वाचन लड्ने भएका छ्न । खुल्ला पाँच सदस्यको लागि सन्जीव गिरी, पूर्णबाहादुर तामाङ, कोषबहादुर विष्ट, पुण्यबहादुर तामाङ, कृष्णबहादुर नेम्वाङ, सोमराज राई, काठबाहादुर धिमाल, टंकप्रसाद उप्रेती, भेषकुमार राई, कृष्णप्रसाद लिम्बू, रामकुमार चौहान, मधुकर राई, मिलन राई र विश्व राईवीच चुनाव हुने भएको हो ।
कैलाश कोरङ्गी र किशोर गुरुङले उम्मेद्बारी फिर्ता गरेको निर्वाचन समितिको सदस्य टिकेन्द्र पौडेलले बताए । महिला पाँच जनाको लागि निर्मला भट्टराई, हरिमाया प्रसाई, वन्दना कटेल, सीता धिमाल, सुभद्रा विष्ट, सरिता लिम्बू, पदमा तामाङ, शान्तादेवी घिमिरे, सीता घले वीच चुनाव हुने भएको हो । आदिवासी जनजाती एक पदको लागि इन्द्रबहादुर राई, मनकुमार राई र मनमाया मगरवीच हुनावी प्रतिष्प्रर्धा हुने भएको हो । कार्तिक ७ बिहान ७ देखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
पथरीशनिश्चरे नगरमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट आएको २५ लाखले तीन वटा पोखरी निर्माण भएको थियो । उक्त रकम अनियमितता गरेको अभियोगमा बजेटको उपभोक्ता समिती अध्यक्ष कुलबहादुर गुरुङ लगाएत अख्तियर अनुशन्धान आयोगले अनुशन्धान गरिरहेको छ ।
उपभोक्ता समितिले आधा मात्र काम गरेर नगरको जनप्रतिनिधि र कर्मचारीहरुसँग काम सकेको फर्जी कागज मिलाई पुरै रकम निकालेर आर्थिक अनियमितता गरेका थिए । सो बिषयमा अख्तियारमा उजुरी परेपछी उपभोक्ता समितिले १० लाख ८१ हजार रकम नगरपालिको राजस्वा खातामा फिर्ता गरेका थिए ।
अख्तियारले अनुशन्धान प्रकृया अघि बढाएपछि रकम फिर्ता गर्नु भ्रष्टाचार गरेको प्रमानित सरह मानिन्छ । यद्यपि अख्तियारले मुद्दा कसरी अगाडि बढाउछ त्यो भने हेर्न बाँकी छ । यता पथरीमा भने स्थानीय राजनीतिक दलका नेताहरु समेत लागेर पुन कुलबहादुर गुरुङलाई सर्बसहमत अध्यक्ष बनाएका छ्न ।
प्रतिक्रिया