कात्तिक, ६ काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा आज विहान एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् ।
जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गरेका छन् ।साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।‘ठेक्का पट्टाको विषयलाई लिएर भएको विवादमा चौधरीले आफ्नै घरमा आएका साहको हत्या गरेको हो’, डीएसपी कार्कीले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’प्रहरीले गोली हान्ने चौधरीलाई नियन्त्रण लिएको छ भने उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया