कात्तिक ५ पाँचथर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृयाका बाँकि काम टुङ्याउन अन्तिम चरणमा पुगेको बताउनु भएको छ । पाँचथरको सदरमुकाम फिदिममा नेकपाको जिल्ला स्तरीय बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आउनु भएका दाहालले पत्रकाहररुसंग कुरा गर्दै त्यस्तो बताउनु भएको हो ।
राजनीतिक दलहरुका विचमा सकारात्मक ढंगबाट संवाद भइरहेकोले उक्त काम अन्तिम चरणमा पुगेको बताउनु भएको हो ।
उहाँले संक्रमणकालका कामहरु टुङ्ग्याउन संवाद भइरहेको बताउनु भएको हो । उहाँले भन्नुभयो–“हिजो मात्र हामि र प्रतिपक्षका नेता शेरबहादुर देउवालगायतका नेता विचमा छलफल गरेका छौं । हामि शान्ति प्रकृया टुङ्ग्याउन बाकी कामका लागि लागि अन्तिम निष्कर्षमा पुग्दै छौंं ।”
उहाँले संघिय लोकलान्त्रीत गणतन्त्रलाई सुदृण गर्ने र उक्त गणतन्त्र मार्फत समृद्धिको नयाँ यात्रा सुरु गर्ने समेत बताउनु भयो ।
उहाँले अर्को एक फरक प्रसंगमा छिमेकी देश संगको सम्बन्ध बलियो भएको दावी गर्नुभएको छ । दाहाले भर्खरै चिनिया राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको दुई पक्षिय सदभाव, नेपालको विकासमा देखाएमा सहयोगको तत्परताले महत्व राखेको बताउनु भयो । त्यस्तै भारत संगको सम्बन्ध पनि सकारात्मक परिवर्तन भएको उहाँको दावी छ । भारतको मोतिहारी देखी नेपालको अम्लेखगन्ज पाइपलाईन् दुई देश विचको प्रधानमन्त्रीको संयुक्त उद्घाटनले सामान्य उद्घाटन मात्र नभएर दुई देश विचको सम्बन्धको नयाँ आयाम दिने कोसिस भएको उहाँको भनाई छ ।
प्रतिक्रिया