२० कार्तिक २०८१, मंगलबार । November 6, 2024

ग्लोबल

ह्वाइ्ट हाउसमा तिहार पर्व धुमधामका साथ मनाउने तयारी

अमेरिकी राष्ट्रपति ट्रम्पको यो तेस्रो दिपावली उत्सव



डोनाल्ड ट्रम्प ने पिछले साल व्हाइट हाउस में दिवाली जश्न के लिए भारत के तत्कालीन राजदूत नवतेज सरना को बुलाया था। (फाइल)


२४ अक्टोबर अर्थाथ यहिँ कार्तिक ७ गतेका दिन अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्वाईट हाउसमा दिपावली मनाउने भएका छन् । यस दीपावली राष्ट्रपति ट्रम्पको तेस्रो सेलेव्रेसन हो । ह्वाइट हाउसमा दीयो बक्ति जलाएर दीपावली औपचारिक रुपमा सुरु हुने जनाइएको छ । नेपाल लगायत भारतमा भने दीपावली कार्तिक १० अर्थाथ अक्टोबर २७ गते (भाइटीका) को दिन धुमधामका साथ दीपावली मनाउने चलन छ ।

पूर्व राष्ट्रपति बाराक ओबामाद्धारा २००९ मा व्हाइट हाउसमा दिपवाली मनाउने परम्पराको सुरु गरेका थिए ।
ट्रम्पले पनि यहिँ परम्परालाई जारी राखेका हुन् । गतसाल अमेरिकी राष्ट्रपति निवासमा ट्रम्पले
अमेरिकी र भारतीय उच्च अधिकारीहरुको साथमा दीपावली मनाएका थिए ।

पूर्व राष्ट्रति बाराक ओबामाले २००९ बाट व्हाइट हाउसमा दिपावली मनाउन शुरु गरेका थिए । यहिँ परम्परालाई ट्रम्पले पनि पनि जारी राखेका हुन् । २०१७ मा अमेरिकी राष्ट्रपति कार्यालयमा भारतीय–अमेरिकी समुदाय र प्रशासनका केही उच्च आधिकारीहरुका साथ दियो बक्ति जलाएरु दीपावली मनाएका थिए । गतसाल भने भारतीय राजदूत नवतेजलाई ह्वाइट हाउसको रुजवेल्ट रुपमा बोलाएर ट्रम्पले दीपावली मनाएका थिए ।

अमेरीकामा तिहार अर्थाथ दीपावली आउन एक हप्ता अगाडिबाट नै नेता तथा उच्च प्रशासका अधिकारीहरुले दीपावली मनाउन सुरु गर्ने परम्परा रहीँ आएको छ । अमेरिकीस्थित टेक्सासका गर्भनर ग्रेग अबाँटद्धारा शनिबार तिहार भाइटीका मनाउन अमेरिकी–भारतीय समुदायलाई आफ्नो निवासमा निम्तो दिएका छन् । अबाँटले ट्वीट्मा भनेका छन्,‘ यस दिपावलीले अँध्यारोविरुद्ध उज्यालोको जितको रुपमा मनाउनु पर्छ ,भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले राष्ट्र निर्माणमा देखाएको क्षमता र हिम्मतमाथि चर्चा हुनेछ भने यसको अत्तिरिक्त टेक्सासस्थित रिपब्लीकन सांसद पीट ओल्सनद्धारा लेखिएको ‘यो वर्ष श्री स्वामीनारायण मन्दिरमा हाम्रो दीपावली’ भन्ने पुस्तकमाथि पनि चर्चा गरिनेछ । ’

गत साल ट्रम्पले दिपावलीको उत्सव मनाउने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उच्च प्रशंसा र सम्मान व्यक्त गरेका थिए । मोदीसँग शीघ्र भेटेर कुराकानी गर्ने आफ्नो इच्छा रहेको भनि भनेका थिए यद्यपी दिपावलीको विषयमा उनले ट्वीटमा लेखेको विषयले विवाद निम्त्याएको थियो । उनले लेखेका थिए,‘हामी यहाँ दीपावली मनाउन एक जुट भएका छौं, अमेरिकी तथा संसारभर रहेका बौंद,सिख,जैन समुदायका नेतृत्वले यो चाँडको अवसरमा छुट्टी मनाइरहेका छन् । ’ यसरी हिन्दूहरुको पक्षमा नलेखेको भनि ट्रम्पको ट्वीमाथि केही उच्च व्यक्तिहरुले आलोचना गरेका थिए ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलबार ००:००