![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/pathariiit.jpg?resize=720%2C405)
मोरङ । मोरङको पथरीमा भइरहेको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि लेटाङ फुटबल क्लब र डाँगिहाट फुटबल क्लब मिरङवीच आगामी बुधबार भिडन्त हुने भएको छ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा डाँगिहाट फुटबल क्लब मोरङले पन्चायन फुटबल क्लब सुनसरीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेपछि डाँगिहाटले उपाधिको लागि दावेदारी प्रस्तुती गरेको हो ।
खेलमा दोस्रो हापको २२ औ मिनेटमा डाँगिहाट मोरङको खेलाडी अरुण लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच डाँगिहाट फुटबल क्लब मोरङको खेलाडी मिलन परियार घोषित भए ।
प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्रले प्रदान हुनेभएको छ । भोलिको योसेक महिला फुटबल टिम उर्लाबारी र पथरीशनिश्चरे नगरको महिला टिन तथा पत्रकार र आयोजकवीच मैत्रीपुर्ण खेल हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।
प्रतिक्रिया