![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/24046692_1621912097867305_8693963424373145600_n.jpg?resize=540%2C282)
जिल्ला अदालत काठमाडौँले सांसद पार्वत गुरुङलाई साधारण तारिखमा बस्ने आदेश दिएको छ । न्यायाधीश पूर्णेश्वर उपाध्यायको इजलासमा आज ज्यान मार्ने उद्योगको मुद्दामा थुनछेक बहसपछि साधारण तारिखमा बस्ने आदेश दिएको अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निवाचित गुरुङविरुद्ध गत वैशाख २९ गते काठमाडौँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिनुभएको थियो । सांसद गुरुङलाई जिल्ला अदालत काठमाडौँले अदालतमा उपस्थित हुनका लागि ३५ दिने म्याद जारी गरेको थियो । अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले आज अदालतमा उपस्थित भएर बयान दिएपछि सो आदेश भएको हो । सांसद गुरुङसहित सात जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो । निर्वाचनका समयमा खड्कामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको अभियोग लागेको थियो । विसं २०७४ वैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि काठमाडौँमा आक्रमण भएको र त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै अभियोग किटानी जाहेरीमा उल्लेख छ ।
प्रतिक्रिया