![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/14xp-sulli-02-jumbo-1024x670.jpg?resize=720%2C471)
दक्षिण कोरियाको चर्चित पप गायिका सूल्ली( कोई जिन री) को आज विहान सिउलस्थित अन्तिम दाहसंस्कार गरिएको छ । दाहसंस्कार समारोहमा उनका हजारौं सुभचिन्तक एवं संगीतप्रेमीहरुले सूलीमाथि अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
२५ वर्षकी सूल्ली चार दिन अघि सियननामस्थित आफ्नै निवासमा मृत अवश्थामा फेला परेकी थिइन् । मर्नु अघि उनले देशभरी आफू तनावमा रहेकी भन्ने खबर इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् । उनका सहयोगीका अनुसार सूल्ली गहिरो डिप्रेसनमा परेकी थिए ।
सूल्लीको आकस्मिक निधनप्रति उनका सुभचिन्तकहरुले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा गहिरो दुःख प्रकट गर्नुका साथै श्रदाञ्जली व्यक्त गरिएको उनी संलग्न कोरिया पप गर्ल बेण्ड काराका पुर्व सदस्य एवं निकट साथी गू हाराले जनाइन् । गुहाराले सूलीसंग खिचेका विभिन्न फोटोहरु इन्स्टाग्राममा पोष्ट गर्दे भनेकी छिन् –‘संसार भरि तिमी छाइ रहने छौं ’
सूल्लीको अन्तिम श्रद्धाञ्जली स्वरुप कोरियास्थित अधिकत्तर कलाकार एवं ब्याई बेण्ड सुपर एमलेसमेत आफ्नो सांगितीक कार्यक्रमहरु स्थगित गरेका थिए ।
सूल्ली गर्ल वेण्डमा संलग्न हुन अघि सन २००५ मा एउटा बाल नायिकाको रुपमा उदाएकी थिए । गर्ल वेण्डमा २००९बाट आबद्ध भएकी उनी २०१३ बाट हिप पप बेण्डका दुओस कोइजासंग सम्बन्ध छन् भनेर वर्षौदेखि विभिन्न सामाजिक सञ्जालबाट उनलाई खिल्ली र उछितो काट्ने गरिएपछि तनावग्रस्त बनेका सूलीले आफ्नो व्यावसाय र व्यावसायिक पार्टनरसंग पनि अलग्गिएका थिए ।
साँगितीक बेण्ड एफएक्स त्यागेर २०१५ मा पुन आफ्नो पेशामा फर्किएकी सूल्लीले आफ्नो अभियन क्षेत्रलाई अरु जोड दिन थालेका उनले त्यहिँ समयमै कोइजासंगको वर्षौदेखिको सम्बन्ध पनि समाप्त भएको भनेर जानकारी गराइएका थिइन् । तर,कोइजाले भने तीन वर्षका पहिलो फूल आकारको एल्बम रिलिज सेल्डूयर गोप्य राखिएको बुधबार जानकारी गराएका थिए । एल्बम रिलिज यहिँ अक्टोबर २५ मा गर्ने भनि समय निर्धारण गरिएको थियो ।
उनी आफ्नो आलोचकविरुद्ध सामाजिक सञ्जालमार्फत प्रतिबाद गर्थिन् । उनले मर्नु अघि आफूमाथि अनावश्यक उछितो काटिएको भन्दै आफ्नो ब्रा नलगाएको फोटो पोष्ट गरेकोमाथि उनीविरुद्ध निरन्तर घृणाजनक टीप्पणी आइरहेका छन् । उनले महिलाको अण्डरवेयर लगाउनु कुनै अपराध र अस्वस्थ्य नभएकोभन्दै कडा निन्दा व्यक्त गर्दै आएकी थिइन् भने ब्रा नलगाउने अधिकार महिलाको भएको भनि वकालत गर्दै आएकी थिइन् । मर्नु अघि सूल्ली ‘घृणीत टीप्पणीका रात’ टी भि सो देखिएकी थिइन् ।
प्रतिक्रिया