![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/arrested-new-bedford-cuffs-600x330.jpg?resize=600%2C330)
जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मुद्दामा सजाय पाएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ गरिएकाहरुमा उदयपुरको त्रियुगा नगरपालिका–१२ बस्ने १८ वर्षीय स्माइल अली र बारा जिल्ला निजगढका ५१ वर्षीय कृष्णबहादुर लामा रहेका छन् ।
प्राप्त सूचनाका आधारमा जिल्लाको पूर्वी क्षेत्रबाट बुधबार साँझ दुवै जनालाई पक्राउ गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए । अली सार्वजानिक मुद्दाका फरार हुन् भने लामा ठगी मुद्दाका फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया