१९ कार्तिक २०८१, सोमबार । November 4, 2024

Life Style

आपतमा जनगायक जीवन शर्मा : शान्ता चौधरीले गरिन् सहयोगको अपिल




काठमाडौं । जनगायक जीवन शर्मा यतिबेला ठूलो पीडामा छन् । जीवनभर जनताका दुख, पीडा र मुक्तिका गीत गाउने यी जनगायकलाई यो दशैंमा सोच्दै नसोचेको दशा आइ लाग्यो ।
खाना खानेक्रममा मासुको हड्डीले अन्न नलि छेडेर उनका जेष्ठ सुपुत्र सिकिस्त बने । अहिले उनका छोरा अमृत आचार्यको मनमोहन कार्डियो महाराजगन्जमा उपचार भइरहेको छ ।
जीवनभर आर्थिक लोभ नगरी जनताको गीत गाउँदै हिंड्ने जीवन शर्मालाइृ यत्तिखेर छोराको उपचारमा रकम अभाव हुँदा धेरै अप्ठ्यारो परेका छन् ।
यस्तो दु ः खद घडीमा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले जीवन शर्मालाई भेटेर केही रकम हस्तान्तरण गरेकी छिन् । सभासद् चौधरीले जनगायकलाई ‘तपाईं जनताको प्रिय मान्छे हो , हामी सबैको साथ तपाईंलाई रहनेछ भन्दै छोरा अमृत आचार्यको स्वास्थ लाभको कामना समेत गर्नु भएको छ ।’ धन नभए पनि मन हुने धेरै भएकाले नअतालिन समासद् शान्ता चौधरीले शर्मालाई आग्रह गरे । उहाँले जीवन शर्मालाइृ समस्यामा देखेपछि सबै नेपाली दाजुभाईहरुलाई उहाँलाई सहयोग गर्न आग्रह गरेका छन् ।
जीवन शर्मा जनगायक हुन । शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नात, अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम.ए गरेर पनि सर्वहारा भनेका छन् । शान्ता चौधरी नेपालकी समाजसेवी तथा राजनीतिकर्मी हुन ।
दाङ, लक्ष्मीपुर निवासी २७ वर्षीया शान्ता चौधरी आठ वर्षको कलिलो उमेरदेखि २५ वर्षसम्म जमीन्दारको घरमा कम्लरी बसेर विना पैसा काम गरिन । पछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय भए । कम्लरीबाट उम्किएपछि उनले अरु १७ जना कम्लरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरिन । चौधरीले भूमि आन्दोलन गर्दा जमीन्दारले उनको घरमा समेत आगो लगाइदिएका थिए ।
जीवनभर जनताका गीत गाउने गायक जीवन शर्मालाई भेट्न हस्पिटल पुग्दा शान्ता चौधरी निक्कै भावुक बनेकी थिइन ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार ००:००