काठमाडौं २९ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधलीभएको दावी सहित मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ ।
निर्वाचनकालागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा छानबिन पूरा नहुञ्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गरिएको छ । बुधबार संघको निर्वाचन प्रक्रिया सुरु भए पनि मतदातानामावलीको विषयमा उजुरी परेपछि निर्वाचन हुने नहुनेमै अन्यौल देखिएको छ ।
मतदाता नामावलीमा धाँधलीभएको दावीका साथ छानबिनका लागि परराष्ट्र मन्त्रालयमा यसअघि नै उजुरी परिसकेको छ । मतदाता नामावलीमा धाँधलीभएको दावी सहित उजुरी परेपछि बुधबार बिहान सुरु हुने भनिएको उम्मेदवारी दर्ता अनिश्चित बनेको छ ।
‘संघको राष्ट्रिय महाधिवेशन सञ्चालननियमावली २०१९ को नियम ३.१, संघद्वारा ३० अगस्ट २०१९ माजारी सूचनाको बुँदा नम्बर १ तथा संघको ४ अक्टोबर २०१९ मा बसेको निर्णय बमोजिम जारी सूचना नम्बर ५ को बुँदा नम्बर ७ बमोजिम विभिन्न मुलुकबाट प्राप्त प्रतिनिधि तथा मतदातानामावली, उल्लेखित कानूनी व्यवस्था बमोजिम प्रकाशित नगर्ने, हामीलाई उपलब्ध नगराउने, गोप्य रुपमा प्रतिनिधिको नाम फेरबदल गर्ने, अनाधिकृत व्यक्तिहरुको नाम सिफारिस गर्ने लगायत संघको विधानको बर्खिलाप कार्यहरु त्यस सचिवालयबाट निरन्तर रुपमा भैरहेका छन्,’ उजुरीमा भनिएको छ।
गैरआवासीय नेपाली सम्बन्धीनियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरि त्यस्तो गैर कानूनी कार्य अविलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमामिति २०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मा निवेदनदर्ता गरिसकेको उल्लेख गरिएको छ ।
परराष्ट्र मन्त्रायलबाट विश्व सम्मेलनमा संघको सचिवालयले गरेको कार्यको अनुगमन गरी आवश्यक निर्देशन नआउञ्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न उनले माग गरेका छन् ।
एनआरएनए अध्यक्षमा कुल आचार्य र कुमार पन्तबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया