२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

मुख्य खबर

होसियार ! सरकारले प्रतिबन्धित गरेको जुस बजारमा खुलेआम बिक्री हुँदै



नेपाल सरकारले प्रतिबन्ध लगाएको विभिन्न कम्पनीको विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएकाले होसियार रहन सवैमा सचेत गराइएको छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यसको बिक्री वितरणमा रोक लगाएको थियो ।

त्यस्ता विभिन्न ब्राण्डका जुस भियतनाम, बङ्गलादेश र थाइल्याण्डबाट आयात हँुदै आएका थिए । शक्तिवद्र्धक जुसले मुटु, मिर्गौलामा असर गर्ने विज्ञको भनाइ छ । सरकारले त्यसबारे मन्त्रिपरिषद्बाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरे पनि प्रतिबन्धबारे सर्वसाधारणलाई जानकारी नै छैन ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले विदेशबाट आयात हुने विभिन्न फ्लेवर र शक्तिवद्र्धक जुसमा पूर्ण प्रतिबन्ध लागेको जनाइएको छ ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलबार ००:००