विश्व महाशक्तीको रुपमा उदयीमान गणतान्त्रिक मुलुक चीनको राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिने भ्रमण आज अपराह्र हुँदैछ । यी शक्तिराष्ट्र गणतान्त्रीक चीनको राष्ट्रप्रमुखको हैसियतको पहिलो भ्रमण भने होइन । यसभन्दा अघि चीनका विभिन्न राष्ट्रप्रमुखले भ्रमण गरेका थिए । यति हुँदाहुँदै पनि २३ वर्ष पछि समृद्धी र शक्तिशाली छिमेकी मुलुक चीनको राष्ट्र प्रमुखले भ्रमण गर्नु नेपाल जस्तो अल्पविकसित मुलुकको लागि महत्वपूर्ण अर्थ राख्दछ । बर्तमान नेपालको दुई तिहाई स्थायी सरकारको ‘समृद्धी नेपाल सुखी नेपाली’ अभियानलाई सफल बनाउन, दुई देशवीचको परम्परादेखि आपसी सम्बन्ध र सद्भावलाई अझै बलियो र समधुर बनाउन यसप्रकारको भ्रमणको सान्दर्भिकता र आवश्यकता अझ बढी नै हुन्छ । खासमा सी चिनफिङ को हुन् ? यिनी कसरी चीनको साशनको बागडोर सम्हाल्न पुगे ? चीनको साशन सक्ताको सर्वोच्च पदमा पदाशिन सीको संक्षिप्त जीवनी प्रस्तुत गरिएको छ ।
सी चिनफिङको जन्म चीनको क्षाङची प्रान्तको फुम्पीङ शहरमा सन १९५३ जून १५ जम्मेका हुन् । सी चिम्फिङ चीनको पूर्व सहायक प्रधानमन्त्री सी होङसुनको सुपुत्र हुन् । होङसुन माओका युद्धकालीन मित्र थिए । उनी १९६६–१९७७ सम्म सञ्चालित चिनियाँ साँस्कृतिक क्रान्तिको मुख्य नेतासमेत थिए । सीको बाल्यकाल साँस्कृतिक क्रान्तिको अवधीमा वेइजिङको सम्भ्रान्त परिवार र विलासी आरामदायी वातावरणमा वित्यो । यहि अवश्थामा सी होङसुनले पार्टी र सरकारको खुलेरै आलोचना र विरोध जनाएबापत पार्टीले होङसुनलाई कारवाही गरेपछि सी चिनफिङ पनि बुबासंगै चीनको ग्रामीण इलाकाको कृषि कम्म्युनमा पठाइयो । यो सँगै सीको संर्घषको पाइला अघि बढेको पाइन्छ । क्षाङजी प्रान्तस्थि ग्रामीण क्षेत्रका कृषक र स्थानीयबासीन्दासँंग ६ वर्षसम्म कृषी कामदारको रुपमा विताएका थिए । सीले यहिँ समयम स्थानीय कृषकसँग राम्रो सम्बन्धसमेत स्थापित गर्न अवसर मिलेको थियो । गरी १९७४ मा अफिसियल पार्टी सदस्यको रुपमा काम गरेका उनले स्थानीय पार्टी शाखा कमिटिको सचिव भएर काम गरेका थिए । यहिँ कामको जगबाट सी कम्युनिष्ट पार्टीको सर्वोच्च पदमा पुग्ने ब्यक्तिको रुपमा परिचित बनेका छन् ।
कृषी कम्युनमा काम गर्ने सिलसिलामा बेइजिङको सिङघ्वा युनिभर्सिटीमा केमिकल इन्जीनियरीङमा अध्ययनसमेत सुरु गरेका सिले १९७९ ग्रेजुएसन सकेपछि उनले जिङ बाओको सचिवको रुपमा तीन वर्ष सम्म काम गरेका थिए । जिङबाओ चीनको केन्द्रीय सरकारको उपप्रधान तथा रक्षामन्त्री थिए । सीले उक्त सविचको काम पनि १९८२ मा त्यागेर सिसिपी को हिवे प्रान्तको सहायक सचिवको रुपमा काम गर्न आरम्भ गर्न पुगे । यसरी सिले १९८५ सम्म यहिँ जिम्मेवारी सम्हाल्दा सम्हाल्दै उनलाई पार्टीले फ्युजेन प्रान्तको कम्युनिष्ट पार्टीको सदस्य र भाइस मेयरको रुपमा नियुुक्त भई काम गर्ने अवसर प्राप्त भयो । चिनको दुर्गम फुजेन प्रात्तमा बस्दाबस्दै सीले १९८७ मा प्रसिद्ध लोक गायिका पेङ लियाङसँग विवाह गरेका थिए । उनले १९९५ मा यहि जिम्मेवारीलाई निरन्तरता दिने क्रममा उनी फुजेनको प्रान्तीय सहायक सचिवमा बढुवा भए । सन १९९९ मा सी फुजेन प्रान्तको कार्यकारी गभर्नर पनि बन्न सफल भए । उनी २००२ सम्म सहायक जनरल सेक्रेटरी र गर्भनरको रुपमा काम गरेका उनले यस समयमा आफने सामथ्र्य र क्षमता प्रस्तुत गरी आफनो राजनीतिक उचाई हासिल गरिसकेका थिए । उलने झिज्याङ प्रान्तको गर्भनरको रुपमा पनि काम गरेका थिए भने २००३ देखि पार्टी सेक्रेटरीको रुपमा पनि काम गर्न थाले । उलने उक्त प्रान्तको दीगो विकासका लागि प्रान्तीय उद्योग भौतिक पूर्वाधारको पुनसंरचनातर्फ जोड दिई जनतामाझ लोकप्रियता हासिल गरे ।
२००७ मा सीको अझ भाग्य चम्किन पुग्यो उनले साङघै शहरकाको पार्टी सेक्र्रेटरीको रुपमा काम गर्न अवसर मिल्यो । सिले साङघै सहरको दिगो र पुनःस्थापनको योजना अघि बढाएसंगै साङघै सरहको आर्थिक तस्वीर नै फेरिएपछि सीको चर्चा र प्रख्र्याती अझ चुलियो । यसंसँगै २००७ को अक्टोबरमा मा उनी पार्टीको ९ जना सदस्य रहने पोलिट ब्युरो स्थायी कमिटिमा छनौट हुन सफल बन्न पुगे । यो चाइनिज कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो । उनले जनगणतान्त्रिक चाइनाको भाइस प्रेसिडेण्टको रुपमा २००८ देखि २०१३ सम्म, चाइनिज कम्युनिष्ट पार्टीको प्रमुखको रुपमा २०१२ देखि हालसम्म, गणतान्त्रिक चाइनको राष्ट्रपतिको रुपमा २०१३ देखि हालसम्म बहाल छन् उनी । याद रहोस् सिसिपको १८ औं कंग्रेसले सिलाई पुनः पोलिटब्युरोमा निर्वाचित गरेका थियो । यो चिनिया कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो जसलाई स्थायी कमिटिको रुपमा बुझिन्छ ,जुन कमिटिमा सात जना सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया