जिल्लाको याङवरक गाउपालिका–६, नागिमा छुरा प्रहारबाट एकजनाको ज्यान गएको छ । वुधवार बिहान ११÷१२ वजे समयको विचमा स्थानिय अन्दाजि २०÷२२ वर्षका आइतराज योङहाङको छुरा प्रहारबाट ताप्लेजुङको सिदिङवा गाउपालिकाका ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो । मावो सोहि ठाँउका मोहनसिँ योङहाङका ज्वाँई हुन् । उनी ससुरालि घरमा घर ज्वाँई बस्दा आएका थिए । बिहान दुई जना विच घरको आँगनमा गफगाफ गरि बसिरहेको समयमा योङहाङले मावोलाई एक्कासि छुरा प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको वडाध्यक्ष ताराबहादुर योङहाङले वताउनुभयो । छुरा प्रहार गर्ने योङहाङ र ज्यान गुमाएका मावो साइनोमा भदै र फुपाजु हुन् । योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको वताइएको छ । छुरा प्रहार गर्ने योङहाङलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलि प्रस्थान गरिसकेको प्रहरी निरिक्षक अनिलकुमार पौडेलले वताउनुभयो ।
२२ आश्विन २०७६, बुधबार ००:००
0
Shares
प्रतिक्रिया