काठमाडौँ । गैैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी घोषणा गरेकी छिन् ।
सुष्मा राईले खुल्ला सचिवमा उम्मेदवारी दिन लागेकी हुन । उनी एनआरएनए आईसिसी सदस्य रहिस रहिसकेकी छिन् ।
तीन कार्यकाल सन् २०१३ देखि हालसम्म आईसिसी सदस्यमा रहेर सफल कार्यसम्पादन गरिसकेकी राई एनआरएनए वृत्त विश्वभर परिचित छिन् ।
एनआरएनएका अन्तर्राष्ट्रिय नेताहरुसँग अध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, उपाध्यक्षका प्रत्यासी डा. बद्री केसी, धर्मराज अधिकारीलगायत उनका समकालिन हुन् ।
उनले यसअघि एनआरएनए युकेकी सचिव (सन् २०११-१३) भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेकी छिन् ।
आँटिली र हक्की स्वभावकी राईले घोषणा पत्र समेत केहिदिनमा सार्वजनिक गर्ने बताएकी छिन् ।
राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् ।
अध्यक्षका प्रत्यासीहरुसित राम्रो सम्बन्ध भएपनि अहिले उनी कुनै प्यानलमा लागेकी छैनन् ।
एनआरएनए मार्फत समाजसेवामा होमिएकी राईले सिंगो प्रवासी समुदायलाई मातृभूमिको विकासमा लाग्न प्रेरित गर्ने योजना रहेको बताउँछिन् ।
प्रतिक्रिया