२६ माघ २०८१, शनिबार । February 8, 2025

समाचार

अब समृद्धिको लडाईं लड्नुपर्छ : मन्त्री अर्याल



भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले राजनीतिक लडाईं सकिएकाले अब समृद्धिको लडाइँ लड्नुपर्ने बताएको छ । सदरमुकाममा वडादशैँ र दिपावलीको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजनीतिक लडाइँमा सँगै लडेका दल अब समृद्धिको लडाईंमा पनि सँगसँगै लड्नुपर्ने बताए । मन्त्री अर्यालले अब समाजवादको बाटोमा हिँड्नुपर्नेमा जोड दिएका छन् । “जनताको सहभागिता बिना विकासका कामले गति लिन सक्दैन”, उनले भने, “जनताको चाहना र सहभागितामा मात्रै विकासका गतिविधि सञ्चालन गर्नुपर्छ ।” विकासका लागि जनताको संलग्नता हुनुपर्ने भन्दै उनले जबसम्म विकास निर्माणका कामका लागि जनभावनाको विकास हुँदैन तबसम्म जति सरकार परिवर्तन भए पनि विकासले गति लिन नसक्ने उनको भनाइ थियो ।

प्रकाशित : १६ आश्विन २०७६, बिहिबार ००:००