मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-७ सुक्रबारे जंगलमा बुधबार (असोज १५) दिउँसै वितिय संस्थाको कर्मचारीलाई खुकुरी धारीहरुले लुटपाट गरेको छ ।
लुटिनेमा जीवन विकास लघु वित्त संस्थाका संकलक जयप्रसाद गन्गाइ रहेका छन् । दिउसो साढे १० बजे मोटरसाइकलबाट सुक्रबारे बजार उत्तर लाग्दै गर्दा जंगलमा कालो नकाप लगाइएका दुई जनाले संस्थाको एक लाख १७ हजार ३६० र व्यक्तिगत १३ हजार गरी एक लाख ३० हजार ३६० रुपैया लुटेर लगेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रामबहादुर ढकालले बताए ।
लुटेराहरुले कर्मचारी गन्गाइको को ३५ प ४९७ नम्बरको मोटरसाइकल समेत लुटेर लगेपनि १ घण्टापछि कानेपोखरी जंगलमा भेटिएको प्रहरीले जनाएको छ । लुटेरहरुको अनुसन्धान भइरहेको प्रनि ढकालले बताए ।
प्रतिक्रिया