२६ माघ २०८१, शनिबार । February 8, 2025

समाचार

नगरले सचिव नपठाएकोमा वडा अध्यक्षको आक्रोस, अझै वेवास्था गरे जनताले आन्दोलन गर्ने चेतवनी



मोरङ । पथरीशनिश्चरे नगरपालिका—४ का वडा अध्यक्ष गोविन्द भण्डारीले वडा सचिव नगरले नपठाएकोले जनताले दुःख पाइरहेको भन्दै अझै सुनुवाइ नभए जनताले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वडा सचिव दीर्घराज रायले वडा नम्बर ४ र ९ को संयुक्त रुपमा काम गर्दै आएका थिए । दुई वटा वडा हेर्दा ४ नम्बरको जनतालाई असुविधा भएको भन्दै वडा अध्यक्ष भण्डारीले पूर्णकालीन कर्मचारी पठाइदिन माग गरेका थिए ।

नगरको प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले दीघराज रायलाई ९ नम्बर र ४ को लागि पशु कार्यालयका प्राविधिक पर्वत साहालाई पठाएका थिए । साहालाई पनि आज असोज १६ गते दुई घण्टा ४ नम्बर वडामा हेर्ने र बाँकी समय पशु कार्यालयमा काम गर्ने पत्र लिएर आएपछि वडा अध्यक्ष भण्डारीले १०/५ बजेसम्म काम गर्ने कर्मचारी चाहिने भनेका थिए ।

वडा सचिवको अभावको कारण जनताले दुःख पाउदै आएको भन्दै कार्यालयमा पूर्ण सयम काम गर्ने सचिव नपठाए दशैपछि जनताले आन्दोलन गर्ने वडा अध्यक्ष गोविन्द भण्डारीले बताए । सात महिनादेखि दैनिक २ घण्टा मात्र सचिवले काम गर्नाले जनताले दुःख पाउदै आएको अध्यक्ष भण्डारीको भनाइ छ ।

वडा अध्यक्ष भण्डारीले प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला समेत अधिकांश समय विराटनगर बस्नाले नगरबासीले दुःख पाउदै आएको आरोप लगाय । यद्यपि अधिकृत धमलाले भने आरोपको खण्डन गर्दै वडा अध्यक्ष भण्डारीको अनआवश्यक कर्मचारीमाथि किचकिच गर्ने भएकोले कोही जान नमान्ने भएपनि नगर प्रमुख दिलिपकुमार राईसँग सल्लाह नगरेर कर्मचारी व्यवस्थापन गरिने बताए ।

प्रकाशित : १६ आश्विन २०७६, बिहिबार ००:००