![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/aid373207-v4-728px-Make-a-Fake-Fighting-Scene-for-a-Movie-Step-2-Version-2.jpg?w=720)
सुनसरीको इटहरीमा दिउँसै गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–८ का २० वर्षीय अनिष सुवेदी, १९ वर्षीय दोर्जे वाइबा, २० वर्षीय शिशिर बस्नेत र बोकी घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इटहरी उपमहानगरपालिका–९ मा रहेको सुबिसु केवल नेटवर्कको कार्यालय नजिकै वडा नं १० का सागर तामाङलाई खुकुरी प्रहार गर्ने प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ शर्माले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ ।
प्रतिक्रिया