![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/photo-1562856950-7c3e837980b3.jpg?resize=720%2C480)
हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले बच्चा जन्माएको छ । १४ वर्षीया हिमानीले भाले बच्चा जन्माएको हो । हात्तीले बच्चा जन्माउनुलाई महत्वपूर्ण मानिन्छ ।
तालीम केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार असोज ६ गते हिमानीले पहिलो बच्चा जन्माएको हो । गत वर्ष निकुञ्जमा पाँच वटा हात्तीका बच्चा जन्मिएका थिए । चौधरीका अनुसार यस वर्ष गण्डकी, तीर्थमान, देवी, कोशी र सिमसारकली गर्भिणी रहेका छन् । हात्तीले २२ देखि २४ महीनामा बच्चा जन्माउँछ । गर्भिणी रहेका सिमसारकली सौराहा र कोशीकली प्यारीढापमा रहेका छन् । अन्य सबै तालीम केन्द्रमा छन् ।
तालीम केन्द्रमा हाल ६ साना बच्चा, तीन ठूला बच्चा, सात ठूला पोथी र पाँच भाले गरी २१ वटा हात्ती छन् । निकुञ्जको तालीम केन्द्र, सौराहा, कसरा र अन्य पोष्टहरुमा गरेर ६१ हात्ती छन् ।
प्रतिक्रिया