३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

महिलालाई साडीमा सजाएर चिया बगानमा काम गराउने




मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ ।

चाडपर्वको अवसर पारेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरुकै घरमा पुगेर कपडा वितरण गरेकी हुन । ज्याला मजदुरी गरेको पैसाले खान समेत नपुग्ने अवस्थामा रहेका उनीहरुलाई दशैं, तिहार तथा छठलगायतका महान चाडपर्व मनाउनका लागि उनले आफ्नो निजी खर्चमा उनीहरुलाई साडी वितरण गर्नुभएको वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेले बताए ।

वडा अध्यक्ष मेचेको अगुवाइमा ५० जना भन्दा बढी महिलालाई साडी बितरण गरिएको हो । विपन्न समुदायका ती महिलाले नयाँ साडी पाएसंगै खुशी भएका छन् ।

प्रकाशित : ११ आश्विन २०७६, शनिबार ००:००